मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३१ मंगलबार १४:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असर १५ भित्र किसानलाई मल उपलब्ध गराउने कृषिमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३१ मंगलबार १४:०९:००

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले असार १५ भित्र किसानलाई मल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो प्रतिबद्धता गरेका हुन्।

‘मल उपलब्ध गराउने सवालमा असारको १५ गतेसम्म साल्ट ट्रेडिङबाट आउने मलहरू आउँछ। टेन्डर भएका मलहरू आउँछ। १५ गतेसम्म मल उपलब्ध हुन्छ,’ मन्त्री यादवले भने।

भारत सरकारले पाँच लाख मेट्रिक टन मल चालू आर्थिक वर्षभित्रै उपलब्ध गराउने आश्वासन दिएकाले मलको समस्या तत्काललाई समाधान हुने उनले बताए। दीर्घकालीन समाधानका लागि भने आयल निगमजस्तै छुट्टै निकाय स्थापना गर्नुपर्ने उनले औँल्याए।

मन्त्री यादवले मल कारखाना स्थापनाका लागि लगानी बोर्डमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिँदै छिट्टै सो प्रक्रिया अघि बढ्ने बताए।