१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३१ मंगलबार १२:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१,८०० ले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३१ मंगलबार १२:०४:००

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार आठ सयले घटेर रु. ९७ हजार एक सयमा आएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजार नाै सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले घटेर रु. एक हजार दुई सय ४५ कायम रहेको महासंघले जनाएको छ। रासस