मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३१ मंगलबार ०६:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजगढ विमानस्थल यथाशीघ्र सुरु गर्न संसदीय समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३१ मंगलबार ०६:२२:००

बाराको निगजढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य यथाशीघ्र सुरु गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले पेस गरेको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्दै समितिले निजगढ विमानस्थल तत्काल अगाडि बढाउन निर्देशन दिएको हो । समितिले सोमबार पारित गरेको उक्त प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने पनि निर्णय गरेको छ ।

उपसमितिले विमानस्थल निर्माणस्थलको अध्ययन भ्रमण गरेर तयार पारेको सुझावसहितको प्रतिवेदन समितिमा पेस गरेको थियो । सोही प्रतिवेदनमा टेकेर समितिले यथाशीघ्र निजगढ विमानस्थल निर्माण कार्य सुरु गर्न सरकारलाई निर्देशन दिएको हो ।हालै मात्र सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश जारी गरेको छ । सर्वोच्चले अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न निर्देशन दिएको छ । 

भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट विमानस्थलका रूपमा विकास गर्न समितिले नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।