मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २९ आइतबार २१:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओहायोमा रक्तदान कार्यक्रम

Read Time : < 1 मिनेट
२०७९ जेठ २९ आइतबार २१:५५:००

एनआरएनए ओहायो च्याप्टर र ब्लड डोनर अफ अमेरिकाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।ओहायो राज्यको कोलम्बसस्थित हिल्टन होटेलमा विश्व रक्तदान दिवसको अवसर पारेर भर्सिटी ब्लड ड्राइभ सेन्टरले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

रक्तदान कार्यक्रममा ओहायोका विभिन्न सहरहरूवाट विभिन्न पेशा, व्यवसाय तथा संघ–संस्थासंग आवद्ध नेपाली भाषीहरूको उल्लेख्य उपस्थिति थियो । 

ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अबि दाहालको संयोजकत्व तथा सौजन्यमा उक्त कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमा एनआरएन एनसिसी अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराई तथा ब्लड डोनर अफ अमेरिकाका अध्यक्ष लीलाराज दाहाल अतिथिका रूपमा रक्तदानमा सहभागी रहेको एलिशा ढकालले जानकारी दिइन । ‘रक्तदान नै जीवन दान हो’ भन्ने भावनालाई आत्मासात् गर्दै रगतको अभावले छटपटाउँदै कसैले अमूल्य जीवन गुमाउनुनपरोस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको उनले बताइन  ।

स्थानीय समाजसेवी यादव दुलालले कार्यक्रमको सुरुमा रक्तदान गर्दै सबै सहभागीलाई रक्तदान गर्न आह्वान गरेका थिए । ओहायो च्यापटरका अध्यक्ष मोहन न्यौपानेले जनपरिचालन तथा अन्य सहयोग गरेका थिए ।