मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३० सोमबार १३:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुबहु प्रश्नपत्रबारे छानबिन गर्न त्रिविद्वारा समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३० सोमबार १३:२८:००

त्रिभुवन विश्वविद्यालयले परीक्षामा हुबहु प्रश्नपत्र सोधिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा.डा. पेसल दाहालले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए। 

उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुई विषयको प्रश्नपत्र हुबहु देखिएपछि छानबिन समिति गठन गरिएको हो।

मानविकी संकायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो। ६० पूर्णांकको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु छ। रासस