मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २९ आइतबार २०:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि कर्मचारी संघको निर्वाचनमा दुई स्वतन्त्र उम्मेदवार, चुनावचिह्न लौरो  

Read Time : < 1 मिनेट
२०७९ जेठ २९ आइतबार २०:३१:००

 
त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको आसन्न निर्वाचनमा दुईजना कर्मचारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । महाराजगन्ज चिकित्सा क्याम्पसमा कार्यरत प्रदीपप्रसाद सापकोटाले महासचिव पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका छन् भने त्रिवि केन्द्रीय कार्यालयमा कार्यरत नोदनाथ त्रितालले सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

१२ पदाधिकारी र १३ सदस्य गरी कुल २५ सदस्यीय केन्द्रीय समितिका लागि प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूह गठन गरी पुन्यप्रसाद आचार्यको नेतृत्वमा एउटा प्यानल र प्रगतिशील कर्मचारी संगठनको तर्फबाट छत्रबहादुर कार्की नेतृत्वको अर्को प्यानल चुनावी मैदानमा उत्रिएको छ । दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने ठानिएको निर्वाचनमा महासचिव र एक सदस्य पदमा भने स्वतन्त्र उम्मेदवारी परेको हो । 

आइतबार निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै चुनावचिह्न वितरण गरेको छ । प्रगतिशील कर्मचारी संगठनको प्यानललाई घडी चुनावचिह्न प्रदान गरिएको छ भने त्रिवि प्रजातान्त्रिक - वाम लोकतान्त्रिक कर्मचारी समूहको तर्फबाट प्रस्तुत उम्मेदवारहरूको लागि कलश चुनावचिह्न कायम गरिएको छ । कर्मचारी संघको निर्वाचन आगामी १० असारमा हुँदै छ । निर्वाचनमा चार हजार नौ सय उनासी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । 

सदस्य पदको स्वतन्त्र उम्मेदवार नोदनाथ त्रिताल र महासचिव पदका स्वतन्त्र उम्मेदवार प्रदीपप्रसाद सापकोटालाई लौरो चुनावचिह्न प्रदान गरिएको छ ।