१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ २९ आइतबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस मुगुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्विरोध 

Read Time : < 1 मिनेट
२०७९ जेठ २९ आइतबार १५:४८:००

जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध चयन भएका छ्न्। कांग्रेसका मञ्जनबहादुर कार्की समन्वय समितिको प्रमुखमा र नैली कार्की उपप्रमुखमा निर्विरोध चयन भएका हुन्।

जिसस सदस्यहरूमा कांग्रेसबाट एक खुला  सदस्य, एक दलित अल्पसंख्यक सदस्य र तीन महिला सदस्य गरी पाँचजना निर्विरोध चयन भएका छन् । त्यसैगरी, नेकपा (माओवादी केन्द्र)बाट एक खुला सदस्य र नेकपा (एकीकृत समाजवादी)बाट एक खुला सदस्य निर्विरोध भएका छन्।

कांग्रेसबाट झमुरा रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव विक,  एकीकृत समाजवादीबाट दानबहादुर रावल र माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाईं संज्याल सदस्यमा निर्विरोध चयन भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले  जनाएको छ।

जिल्ला समन्वय समितिमा पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भएको थियो। जिल्लामा रहेका चार स्थानीय तहमध्ये एमालेले मुगुम कार्मारोङ गाउँपालिकामा एक मात्र उपाध्यक्ष पद जितेको थियो। जिसस निर्वाचनमा समर्थक र प्रस्तावक नहुँदा एमालेले उम्मेदवारी दर्ता गराएको थिएन।

जिससमा कांग्रेसको एकल बहुमत भए पनि तीनदलीय गठबन्धनलाई कायम राख्न माओवादी र एकीकृत समाजवादीलाई एक–एक सदस्य दिएको कांग्रेस सभापति ऐनबहादुर शाहीले बताए।

वैशाख ३० को स्थानीय तह निर्वाचनमा कांग्रेसले जिल्लामा दुई प्रमुख र तीन उपप्रमुख गरी पाँच पदमा जित हात पारेको थियो। माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक प्रमुख पद जितेका थिए।