१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे ।
२०७९ जेठ २९ आइतबार १२:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कृषकलाई मल उपलब्ध गराउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण (भिडियाेसहित)

Read Time : < 1 मिनेट
२०७९ जेठ २९ आइतबार १२:०६:००

सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

उनले कृषकलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरे। प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले खेतीको समयमा मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए।