Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २७ शुक्रबार ०८:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिविको ताला खोल्न  माग गर्दै अखिलको प्रदर्शन, अस्कलमा प्राध्यापक कुटिएकोमा विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २७ शुक्रबार ०८:०८:००

त्रिभुवन विश्वविद्यालयमा पाँच महिनादेखि लगाएको ताला खोल्न माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । अनेरास्ववियुले कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा ताला खोल्न र विश्वविद्यालय सुचारु गर्ने वातावरण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । 

त्रिविमा गत ६ माघदेखि तालाबन्दी कायम छ । अनेरास्ववियुका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले ताला खोल्न अखिलले अल्टिमेटम दिइसकेको र त्यसलाई दबाब दिन बिहीबार प्रदर्शन गरेको बताए । 

एमालेनिकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा पाँच महिनादेखि लगाइएको ताला खोल्न तीन दिनको अल्टिमेटम दिएको छ । अनेरास्ववियु अध्यक्ष सुनीता बरालले बुधबार प्रेस विज्ञप्ति जारी गरी तीन दिनभित्र ताला खोल्न चेतावनी दिएकी हुन् । 

गृहमन्त्री बालकृष्ण खाणको प्रत्यक्ष संरक्षण, आफूलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुन्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द रहेको विज्ञप्तिमा उल्लेख छ । 

त्रिविमा ताला लगाउने र फोर्नेको होड
त्रिविमा नेविसंघ र आंशिक प्राध्यापक संघले झन्डै पाँच महिनादेखि लगाएको ताला नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले एक साताअघि फोरेको थियो । त्यसको भोलिपल्ट फेरि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी भएको छ । 

नेविसंघले गत ६ माघदेखि विभिन्न माग राखी ताला लगाएको थियो । जनकपुरस्थित युथ क्याम्पसलाई सम्बन्धन दिँदा घुस मागेको र त्यसको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्नेलगायतको माग नेविसंघले राखेको छ । पछि त्रिवि आंशिक प्राध्यापक संघले समेत ताला लगाएको थियो । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) मध्यकेन्द्रीय कमान्ड इन्चार्जको नाममा बुधबार प्रेस विज्ञप्ति जारी गरी ताला फोरिएको थियो ।

नेविसंघको विश्वविद्यालय एकाइका सचिव योगेन्द्र रावलले त्रिविका पदाधिकारीकै योजनामा नक्कली पार्टी खडा गरी ताला फोरिएको र आफ्ना माग पूरा नभएकाले पुनः ताला लगाएको बताए । आंशिक प्राध्यापकले मासिक रूपमा पारिश्रमिक पाउनुपर्नेलगायतका माग राखेर ताला लगाएका थिए । बिहीबार आंशिक प्राध्यापकहरूले समेत पुरानै माग राखी ताला लगाएका छन् । 

अस्कलमा प्राध्यापक कुटिएकोमा विरोध
त्रिविको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)का उपप्राध्यापक, विद्यार्थी कल्याण तथा खेलकुद विभागका प्रमुख दिवाकर पाण्डेमाथि गत २२ जेठमा क्याम्पस परिसरमै सांघातिक आक्रमण भएको घटनाप्रति त्रिवि प्राध्यापक संघले विरोध गरेको छ । प्राध्यापक संघले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विभिन्न उद्देश्य राखी आफ्ना माग पूरा गराउन प्राध्यापक तथा कर्मचारीमाथि भौतिक आक्रमण गर्ने आपराधिक मानसिकता भएको उल्लेख छ ।

सभापति प्रा.डा. वसन्त ढकालले जारी गरेको विज्ञप्तिमा सो घटनाको घोर विरोध गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न जोडदार माग गरेको छ । घाइते प्राध्यापकको उपचारको व्यवस्था गर्नसमेत त्रिविसमक्ष माग गरेको छ । यसअघि उपप्राध्यापक प्रेम चलाउने त्रिवि परिसर कीर्तिपुरमा विद्यार्थीबाटै कुटिएका थिए ।