मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २६ बिहीबार १९:०४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जिसस लमजुङमा एमालेको प्यानलै निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ जेठ २६ बिहीबार १९:०४:००

जिल्ला समन्वय समिति (जिसस) लमजुङमा एमालेको प्यानलै विजयी भएको छ । जिसस लमजुङको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन्। गठबन्धनबाट प्रमुखमा कांग्रेसका मुरली कुमाल उम्मेदवार थिए । गुरुङले १० मत ल्याए भने कुमालले ६ मत ल्याए । 

कांग्रेसले प्रमुखबाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन । जिसस लमजुङको उपप्रमुखमा एमालेकी बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित भएकी छिन् । सदस्यमा पनि एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

खुला सदस्यमा मध्यनेपालका मोहनबहादुर गुरुङ, बेँसीसहरका केशरबहादुर खत्री, दोर्दीका शेरबहादुर बोगटी, महिला सदस्यमा मर्स्याङ्दीबाट बबिता मजाकोटी, सुन्दरबजारबाट विमला खड्का, मध्यनेपालबाट शारदा शाखी र अल्पसंख्यकबाट सुन्दरबजारका गमबहादुर दुरा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

आठवटा स्थानीय तह रहेको लमजुङमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १६ मध्ये एमाले ९ सिटमा विजयी भएको थियो । लमजुङमा एमालेले बेँसीसहर नगरपालिका, मर्स्याङ्दी  गाउँपालिका र क्ब्होलासोंथारमा प्रमुख, उपप्रमुख, दोर्दी गाउँपालिकामा अध्यक्ष, सुन्दरबजार र मध्यनेपालमा उपप्रमुखमा विजय हासिल गरेकाे थियो । गठबन्धनले ७ सिट मात्र विजय हासिल गरेको थियो  ।

जिसस प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रावधान छ । ०७४ मा पनि जिसस लमजुङमा एमालेकै बहुमत थियो ।