Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ २६ बिहीबार ०८:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सामूहिक बलात्कार आरोपमा घलान पक्राउ

Read Time : < 1 मिनेट
२०७९ जेठ २६ बिहीबार ०८:५४:००

काठमाडौंबाट चितवन भाउजूको घरमा आउने क्रममा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पूर्ण घलानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीका अनुसार गत १० चैतमा काठमाडौंबाट बस चढी चितवनको राप्ती नगरपालिका– १, पिप्ले भाउजूको घर आउने क्रममा २७ वर्षीया महिलालाई सामूहिक रूपमा जबर्जस्ती करणी गरेको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । 

रातको समयमा भण्डारा बजारमा बसबाट ओर्लिएपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९, चौधघरे बस्ने अन्दाजी ४५ वर्षका घलानले पिप्ले टाढा पर्ने र जान नभ्याइने भन्दै ती महिलालाई ललाइफकाई भोलिपल्ट बिहानै पुर्‍याइदिने आश्वासन दिएर राप्ती नगरपालिका– ६ आदर्श टोलस्थित माछापोखरीमा रहेको आफू बस्ने गरेको घरमा लगेका थिए ।

घलानले दुई–तीनजना साथी बोलाएर सबैजनाले पालैपालो सामूहिक रूपमा जबर्जस्ती करणी गरेको पीडितकी भाउजूले दिएको जाहेरीमा उल्लेख छ । त्यसपछि पनि घलानले घरमा पटक–पटक जबर्जस्ती करणी गर्ने गरेको र स्वास्थ्यमा समस्या देखिएपछि स्थानीयको सहयोगमा महिलालाई अस्पताल लगी उपचार गराएर २० जेठमा पिप्लेमा रहेकी भाउजूको घरमा लगेर छाडिदिएका थिए । 

पीडित महिलाकी भाउजूले मंगलबार किटानी जाहेरी दिएलगत्तै प्रहरीले घलानलाई बुधबार पक्राउ गरी जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । डिएसपी अधिकारीले घलान प्रहरीको नियन्त्रणमा आएसँगै घटनाको सत्यतथ्य विवरण छिट्टै पत्ता लगाउने गरी संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको बताए ।