मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ २६ बिहीबार ०८:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरो खसेपछि  नारायणगढ-मुग्लिन सडक अवरुद्ध 

Read Time : < 1 मिनेट
२०७९ जेठ २६ बिहीबार ०८:२३:००

पहिरो खसेपछि बुधबार रातिदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। चितवनको तोपेखोलास्थित नाम्सी पुलमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए।

उनका अनुसार सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन्। ‘हिजोदेखि नै सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन्, रोकिएका सवारीसाधनका कारण नवलपुरसम्मको सडक जाम छ,’ उनले भने, ‘अहिले पहिराे हटाउने कार्य भइरहेको छ।’