१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ २६ बिहीबार ०७:२२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

छैटौँ पोखरा स्पोर्टस् अवार्ड १८ असारमा

Read Time : < 1 मिनेट
२०७९ जेठ २६ बिहीबार ०७:२२:००

पोखरा स्पोर्टस् अवार्डको छैटौँ संस्करण आगामी १८ असारमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बुधबार सम्पन्न तेस्रो पूर्ण बैठकले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको हो ।

मञ्चले ०७३ सालदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ । बैठकले कार्यक्रम सम्पन्न गर्न मञ्चका अध्यक्ष दीननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ । कार्यक्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका विभिन्न सात विधामा उत्कृष्ट एक–एकजनालाई अवार्ड प्रदान गर्ने अध्यक्ष बरालले जानकारी दिए ।

खेल क्षेत्रमा जीवन अर्पण गरेकालाई सम्मान र खेलमा नै लाग्ने प्रण गरेकालाई प्रोत्साहन गर्ने उद्देश्यसहित मञ्चले कार्यक्रम आयोजना गर्दै आएको उनको भनाइ छ । कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गरिने अध्यक्ष बरालले जानकारी दिए । 

प्रत्येक विधाबाट तीनजना छनोट गरिने
खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलका अनुसार वर्ष खेलाडी, उदीयमान खेलाडी र प्रशिक्षकलाई वितरण गरिने अवार्डका लागि तीन–तीनजनालाई मनोनयन गरिनेछ । प्रदेशका ११ जिल्लामा रहेका र गत वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट छनोट गरी मनोनयन गरिने उनले जानकारी दिए ।
कार्यक्रमलाई आकर्षक बनाउन सल्लाह सुझाब लिन २८ जेठमा मञ्चमा आबद्ध सदस्यको बृहत् भेला आयोजना हुँदै छ । मञ्चमा गण्डकी प्रदेशका ५६ पत्रकार आबद्ध छन् ।