मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २५ बुधबार १०:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगो लगाएर दार्चुलामा एकल महिलाको हत्या

Read Time : < 1 मिनेट
२०७९ जेठ २५ बुधबार १०:२१:००

दार्चुलामा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका– १ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए । घटना के  कारणले घट्यो भन्नेबारे अनुसन्धानका लागि डिएसपी विष्ट आफैँ घटनास्थल प्रस्थान गरेका छन् । 

घटनाको अनुसन्धानका लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ । एकल महिला रहेकी खडायत राति हत्या गरिएको अवस्थामा फेला परेको वडा नम्बर १ का वडाध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए । महिलाका श्रीमान् सात–आठ वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा छन् । 

घटनामा संग्लन रहेको आशंकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको स्राेतले जनाएको छ ।