मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ जेठ २४ मंगलबार १९:४०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भरतपुर महानगरको कार्यपालिका सदस्यमा सत्तागठबन्धनको प्यानलै विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ २४ मंगलबार १९:४०:००

भरतपुर महानगरपालिकामा मेयर, उपमेयरसहित वडाध्यक्षमा समेत बहुमत जितेको सत्तागठबन्धनबाट कार्यपालिकाको निर्वाचनमा प्यानलै विजयी भएको छ । मंगलबार सम्पन्न कार्यपालिकाको महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचनमा सत्तागठबन्धनको प्यानलै विजयी भए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार ८ जनाको लागि भएको निर्वाचनमा १५ जनाको उम्मेदवारी परेको थियो । विजयी हुनेमा कांग्रेसका ५, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका एक सदस्य छन् । 

महानगरको महिला सदस्यमा कांग्रेसकी सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोख्रेल, नर्वदा सापकोटा र माओवादी केन्द्रकी विना नेपाली विजयी भएका छन् । दलित अल्पसंख्यकतर्फबाट कांग्रेसका गोपाल दराई, एकीकृत समाजवादीकी कोपिला उपरकोर्टी र माओवादी केन्द्रका विष्णुबहादुर भुजेल निर्वाचित भएका छन् । 

भरतपुर महानगरपालिको कार्यपालिकाको सदस्य संख्या १ सय ५५ रहेको छ । यसअघि प्रमुख, उपप्रमुख सहित १ सय ४७ जना निर्वाचत भएका थिए ।