मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २४ मंगलबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको ३ करोड ८९ लाखसहित नागढुंगाबाट पाँच पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २४ मंगलबार १८:०६:००

चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित प्रहरीले चारजना चिनियाँसहित पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फूलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक रहेका छन्। उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा प्लास्टिकको बोरामा लुकाइछिपाई ल्याएको नगद फेला परेपछि चालक गुरुङसहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।