इपीएलको उपाधि ललितपुरलाई, भैरहवा १४ रनले पराजित
एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रियट्सले उचालेको छ । फाइनल खेलमा भैरहवा ग्याडियटर्सलाई १४ रनले पराजित गर्दैैै ललितपुरले उपाधि उचालेको हो । ललितपुरले दिएकाे एक सय ५६ रनको लक्ष्य पछ्याएको भैरहवाले ९ विकेटको क्षतिमा एक सय ४१ रनमा राेकियाे । यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे ललितपुरले १९.१ अाेभरमा अलअाउट हुँदै रन एक सय ५५ रन जोडेको थियाे ।
ललितपुरका लागि बलिङतर्फ ललितराजवंशीले सर्वाधिक ३ विकेट लिए । ४ अाेभर बलिङ गरेका ललितले जम्मा १७ रन खर्चिए । यस्तै याेगन्द्ररसिंह कार्कीले र पवन सफारले समान २ विकेट लिए । लक्ष्य पछ्याउने क्रममा भैरहवाका प्रदिपसिंह एेरीले ३४ रन, रवि इन्दर सिंहले २९ रन, अारिफ शेखले १२ रन, कप्तान शरद भेषवाकरले १४ रन, कुशल मल्ले १६ रन, अारिफ शेखले १२ र माेहम्मद नाभिदले १० रन बनाएका थिए ।
यसअघि भैरहवाका लागि जयकिशन कोसवालाले अर्धशतकीय पारी खेले । उनले ३ चौका र ३ छक्काको मद्दत ५२ बलमा ५७ रन जोडेका हुन् । यस्तै गौरव टोमारले २३ रन , सन्दिप जोराले २४ रन, ज्ञानेन्द्र मल्लले १० रन र कुशल भुर्तेलले ११ रनकाे योगदान गरे । भैरहवाका कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिए । महोम्मद नाभिद र रायन टेन्डेकाटेले समान २ विकेट लिँदा शरख भेषवाकर र भुवन कार्कीले समान १ विकेट लिए ।