१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २३ सोमबार १८:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छली  ल्याएको अवैध सुनसहित सातजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २३ सोमबार १८:५७:००

भन्सार छली अवैध रूपमा ल्याएको ८ सय ८८ ग्राम २ सय ४१ मिलिग्राम सुनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना नगरपालिका–१ बस्ने गुल्मीका ४२ वर्षीय सुरेशबहादुर शाही, कपिलवस्तु वाणगंगा नगरपालिका–८ का २९ वर्षीय सन्दीपचन्द ठकुरी, काठमाडौं बौद्ध बस्ने बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ का २२ वर्षीया निर्मला घलान, काठमाडौं बुढानीलकण्ठ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका–४ का ४१ वर्षीय राहुल भन्ने बरूणभक्त माथेमा, काठमाडौं बौद्ध बस्ने चीन तिब्बत छेन्दुका २७ वर्षीय लोप्साङ ग्याल्सेन, काठमाडौं माछापोखरी बस्ने नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–१ का ४२ वर्षीय युवराज भुसाल र ललितपुर बागडोल बस्ने भारत दिल्ली कृष्णनगरका ५१ वर्षीय अमन राजपूत रहेका छन् ।

दुबईबाट काठमाडौं आउने नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिरबाट सुरेशबहादुर शाही र सन्दीपचन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अन्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाई लुकाइछिपाई ल्याएको सुनसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुरेशको साथबाट ३ सय १६ ग्राम ८१ मिलिग्राम र सन्दीपको साथबाट ५ सय ७२ ग्राम १ सय ६० मिलिग्राम सुन बरामद भएको हो । साथै उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।