१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २३ सोमबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वातावरण जोगाउन खुकुरी रमको विभिन्न प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २३ सोमबार ०६:४४:००

खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिज प्रालिले वातावरण संरक्षण तथा दिगोपना विकासका लागि विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले प्रतिबद्धता व्यक्त गरेको हो । कम्पनीले आफ्ना उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरूलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेको जनाएको छ । यसलाई आगामी तीन वर्षभित्रमा शून्यमा झार्ने र उत्पादका क्रममा निस्किएका फोहोर शतप्रतिशत पुनः प्रयोग गर्ने अवस्था बनाउने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै, सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने कम्पनीको भनाइ छ ।

अहिले पनि सकेसम्म वातावरणमा हुन सक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर आफ्ना सप्लायर्स र विज्ञहरूसँग काम गरिरहेको कम्पनीले उल्लेख गरेको छ । 
खुकुरी रमका बोतलहरू पुनः प्रयोग गर्ने कम्पनीको भनाइ छ । हाल आफ्नो उत्पादनमा प्रयोग हुने बोतलहरू संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेको कम्पनीले उल्लेख गरेको छ । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरू सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत अग्रसर रहेको जनाइएको छ । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरूले गरिरहेका छन् । 

द नेपाल डिस्टिलरिज प्रालि ग्रिन इनर्जीमा समेत काम गरिरहेको जनाइएको छ । आगामी तीन वर्षभित्रमा ग्रिन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्‍याइसक्ने कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले विगत दुई वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा पनि काम गरिरहेको जनाएको छ । आगामी दिनहरूमा समेत यो सहकार्य (अभियान) जारी राख्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।