Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २२ आइतबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २२ आइतबार १८:२१:००

भारतका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री डा. मनसुख मण्डावियाले रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशाला उद्घाटन गरेका छन् । नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवको उपस्थितिमा प्रयोगशालाको उद्घाटन गरिएको हो । 

रक्सौलमा अवस्थित र भारतीय खाद्य संरक्षा एवं मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरूको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरूले सुसज्जित आधुनिक प्रयोगशाला भएको बताइएको छ । 

यस प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्ने बताइएको छ । हाल यी नमुनाहरूको परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था रहेको छ ।

लामो समयदेखि नेपाली व्यापारीहरूले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशालाको निर्माणका लागि अनुरोध गर्दै आएका थिए । यस खाद्य प्रयोगशालाको निर्माण “छिमेकी पहिलो” नीतिअनुरूप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्धताको अर्को प्रतिबिम्बको रूपमा रहेको भारतीय अधिकारीहरूले बताएका छन् ।