१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २२ आइतबार १३:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१४ वर्षीय बालक एक सातादेखि बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २२ आइतबार १३:२४:००

काभ्रेपलाञ्चोकको भैँसेपाटीबाट एक बालक पछिल्लो एक सातादेखि सम्पर्कविहीन भएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई हाल काभ्रेको भैँसेपाटी बस्ने १४ वर्षीय किशोर गुरुङ गत जेठ १५ गतेदेखि घरनजिकैबाट हराएका हुन्।

उनका बाबु विष्णु गुरुङका अनुसार सो दिन बेलुकी ६ बजेदेखि बालक हराएका हुन्। आफन्त तथा छरछिमेकी कहाँ खोजतलास भइसकेको गुरुङले बताए। ‘साँझपख छिमेकीकहाँ कोदालो पुर्‍याउन जान्छु भनेको थियो, त्यसपछि फर्किएर आएन,’ उनले भने, ‘सबैतिर खोजतलास गर्दा पनि भेट्टाएनौँ ।’

बालक साँगास्थित ‘सर्चिङ द फ्युचर एकेडेमी’को कक्षा ६ मा पढ्छन्। बालक हराएपछि आफन्तले साँगा प्रहरी चौकीमा खबर गरेका छन्। गुरुङले आफ्ना छोराको खोजीकार्यमा सहयोग गरिदिन सबैसँग अनुरोध गरेका छन्।