मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २१ शनिबार १७:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २१ शनिबार १७:४०:००

राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रणलगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई १ असारमा ज्ञापन-पत्र बुझाउने भएको छ । राप्रपाका ७७ वटै जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरूलाई पनि ज्ञापन-पत्र बुझाउने राप्रपाको तयारी छ । 

बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउने निर्णय गरेको थियो । यसका लागि जनजीविकासँग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको समितिको पहिलो बैठकले विभिन्न मागहरू समावेश गरी राप्रपाले १ असारमा ज्ञापन-पत्र बुझाउने निर्णय गरेको प्रबक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘ज्ञापन-पत्र बुझाउँदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय गरिएको छ,’ श्रेष्ठले भने ।