मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २१ शनिबार १३:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यौन हिंसाको उजुरीमा हदम्याद हटाउन निरन्तर दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २१ शनिबार १३:११:००

महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन भएको छ । पीडाको कुनै हदम्याद हुँदैन भन्ने मूलनारासहित सो प्रदर्शन गरिएको हो । 

सडकमा पलेँटी कसेर बसेका प्रर्दशनकारीहरूले पीडकलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन । त्यस अवसरमा उनीहरूले ‘दया होइन, न्याय दे’, ‘हामी चुप लागेर बस्दैनौँ’, ‘पीडाको कुनै हदम्याद हुँदैन’, लगायत लेखिएको प्लेकार्डसहित 
प्रदर्शन गरेका थिए ।