मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २१ शनिबार ०७:४६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मकवानपुर गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
२०७९ जेठ २१ शनिबार ०७:४६:००

यसै सिजन सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा बढुवा भएको चर्च ब्वाइज क्लबले शुक्रबार चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । प्रतियोगिताको दोस्रो खेलमा चर्च ब्वाइजले भरतपुर एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दैै अन्तिम आठको स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । 

दोस्रो हाफमा चर्च ब्वाइजले सुधारिएको खेल प्रस्तुत ग¥यो । आक्रामक रूपमा प्रस्तुत भएको चर्च ब्वाइजले दोस्रो हाफमा भरतपुरमाथि दबाब राख्यो । मध्यान्तरपछिको खेलमा भरतपुर रक्षात्मक बन्न बाध्य भयो । खेलको ४८औँ मिनेटमा चर्च ब्वाइजले १–० को अग्रता लियो । चर्च ब्वाइजका लागि आशिष चौधरीले अग्रता गोल गरे । 

खेलको ६२औँ मिनेटमा चर्च ब्वाइजले २–० को अग्रता लियो । यसपटक हेमन्त थापामगरले गोल  गरे । दुई गोलले पछाडि परेपछि भरतपुर दबाबमा देखियो । भरतपुरले खेलमा गोल गर्न अवसर चुकाएको थियो । खेलको ७७औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दा चर्च ब्वाइज ३–० ले विजयी भयो । 

चर्च ब्वाइजबाट दुई गोल गरेका आशिष खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । मकवानपुर जिल्ला फुटबल संघको आयोजना र स्थानीय तहहरूको सहयोगमा जारी प्रतियोगिताअन्तर्गत शनिबार एपिएफ र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ । 

३० जेठसम्म सञ्चालन हुने गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ६ लाख रुपैया“बराबरको बुलेट मोटरसाइकल हात पर्नेछ । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैया“ प्राप्त गर्नेछन् ।