Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ जेठ २० शुक्रबार २०:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता श्रेष्ठ गम्भीर घाइते

Read Time : < 1 मिनेट
२०७९ जेठ २० शुक्रबार २०:३०:००

मोटरसाइकलको ठक्करबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित आफ्नै घरनजिक रहेको सपिङ कम्प्लेक्स अगाडि प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले आज (शुक्रबार) दिउँसो ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका हुन् । 

दिक्तेलको रत्नपार्कस्थित किराँतचोकबाट बेसक्याम्पर्फ जाँदै गरेको उक्त मोटरसाइकलले सडकबीचमा ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए । प्रनाउ लम्सालका अनुसार श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट देखिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि श्रेष्ठ ढलान गरिएको सडकमा ढलेर बेहोस भएकाे जनाइएको छ । श्रेष्ठसँगै सोही मोटरसाइकलमा सवार लफ्याङकी ४८ वर्षीया विष्णुकुमारी राई पनि घाइते भएकी छिन् । 

मोटरसाइकल दुर्घटनाका घाइते दुवैजनालाई दिक्तेलस्थित फेमिली कियर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत श्रेष्ठको अवस्था गम्भीर रहेको र राईको सामान्य हुँदै गएको आफन्तले बताएका छन् । 

दुर्घटनालगत्तै मोटरसाइकलचालक लफ्याङका १७ वर्षीय अभिषेक राई र मोटरसाइकल प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। मोटरसाइकलचालक अभिषेक दुर्घटनामा घाइते विष्णुकुमारीका छोरा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तैदेखि अचेत अवस्थामा रहेका श्रेष्ठ भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा राप्रपाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका थिए । जिल्लामा भ्रष्टाचार विरोधी नेताका रूपमा चिनिएका नेता श्रेष्ठले गत निर्वाचनमा चार सय पाँच मत प्राप्त गरेका थिए ।