१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २० शुक्रबार १८:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २० शुक्रबार १८:०५:००

संघीय संसद्को राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकनसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

शुक्रबार बसेको सभाको बैठकबाट स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेको छ। यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकनसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन्।

राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक र डा. विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई दर्ता गरेकाे संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।