मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ २० शुक्रबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१३औँ पुण्यतिथिको अवसरमा ४३ जनाले गरे रक्तदान 

Read Time : < 1 मिनेट
२०७९ जेठ २० शुक्रबार १७:१५:००

चितवनको भरतपुरमा १३औँ दिनको पुण्यतिथिमा मृतकको सम्झनामा एक परिवारले रक्तदान आयोजना गरेको छ। भरतपुर–१० का स्वर्गीय शकुन्तला पौडेलको सम्झनामा उनको परिवारले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेका हुन्।

८ जेष्ठमा कार्यालयमा कार्यरत रहेकै समयमा पौडेलको करेन्ट लागेर निधन भएको थियो। १३औँ पुण्यतिथिमा आयोजित रक्तदान कार्यक्रममा परिवारका सदस्य एवं छिमेकी गरी ४३ जनाले रक्तदान गरेका छन्।