मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १९ बिहीबार १२:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयात घटाएर राजस्व वृद्धि गर्न सकिन्न : प्रदीप ज्ञवाली (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १९ बिहीबार १२:४८:००

एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राजस्वको ठूलो हिस्सा आयातमा निर्भर भएकाले आयात घटाएर राजस्व बढाउन नसकिने बताएका हुन्।

‘एकातिर आयात घटाउँछु भन्नुहुन्छ, अर्कोतिर राजस्व बढाउँछु भन्नुहुन्छ। जब कि हाम्रो राजस्वको अत्यधिक ठूलो हिस्सा आयातमाथि निर्भर छ। कैयौँ चिजहरू यस्तो छ जहाँ निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी ल्याउनुभएको देखिन्छ,’ उनले भने, ‘पुँजीगत खर्च घटाउनुभएको छ। करिब २१ प्रतिशत छ। २१ प्रतिशत पुँजीगत खर्च गरेर आठ प्रतिशत आर्थिक वृद्धि। यसका लागि त नयाँ आडमस्मिथ खोज्नुपर्ने हो कि ? नयाँ मार्क्स खोज्नुपर्ने हो कि ?’

उनले स्यानिटरी प्याड र विद्युतीय सवारीसाधनको आयातमा ठूला व्यापारिक घरानालाई फाइदा हुने गरी व्यवस्था गरेको उल्लेख गरे। सांसद ज्ञवालीले शिक्षामा अर्बौँ रुपैयाँ देशबाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको उल्लेख गरे।