निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
२०७९ जेठ १८ बुधबार १७:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यार्सा संकलकको सुरक्षामा खटिएका सुरक्षाकर्मीको लेक लागेर मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ जेठ १८ बुधबार १७:४७:००

मुगुमा यार्सा संकलकको सुरक्षामा खटिएका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यार्सा संकलकहरूको सुरक्षामा मुगुम कार्मारोङ  गाउँपालिका–२ मा पर्ने ठुलोकोइकी पाटनमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उद्धारपछि उपचारका क्रममा मृत्यु भएको हो । 

सिंहलाई मंगलबार बिहानदेखि लेक लागेर टाउको दुख्ने  तथा श्वासप्रश्वासमा समस्या भएको थियो । उनलाई ठुलिकोइकीबाट सुरक्षाकर्मीको टोलीले मंगलबार राति सिरानीचौरमा ल्याएका थिए । उपचारको लागि बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो करिब १२ बजे कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा  दिउँसो सवा २ बजे सिंहको मृत्यु भएको हो । कोहलपुर नगरपालिका–११ बाँके घर भएका सिंह २०६७ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।