मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १८ बुधबार ११:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 मल दिन नसक्नेले उत्पादन दोब्बर बनाउँछु भन्नु झुटको खेती : पूर्वमन्त्री पाण्डे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १८ बुधबार ११:४१:००

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समयमा किसानलाई मल दिन नसक्नेले उत्पादन दोब्बर बढाउँछु भन्नु झुटको  खेती भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि टिप्पणी गर्दै पाण्डेले अहिलेसम्म कति मल कहिले आउँछ भन्ने कुरा कृषि मन्त्रालयलाई समेत थाहा छैन, तर अर्थमन्त्री दोब्बर उत्पादन बढाउँछु भन्नुहुन्छ यो कसरी सम्भव छ ? भनेर प्रश्न गरे । भारतले डेढ लाख मेट्रिक टन मल दिन्छु भनेर भने पनि अहिलेसम्म रेट तोकेर चिठी नपठाएको भन्दै उनले अर्थमन्त्रीले हचुवाको भरमा उत्पादन बढाउने कुरा गरेको बताए । 

त्यस्तै, उनले कल्पना बाँडेर भोट आउँछ भनेर जनता ढाँट्ने काम नगर्नसमेत आग्रह गरे । कार्यान्वयनको गुन्जायस नै नभएको योजना आएको भन्दै उनले ६० लाख परिवारलाई १५ दिनमा कहाँबाट इन्सक्सन चुलो बाँड्नुहुन्छ भन्दै प्रश्न गरे । पूर्वाधारविना इन्डक्सन चुलो बाँड्ने कुरा हावादारी भएको बताए ।