१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १८ बुधबार १०:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मलको माग गर्दै किसान महासंघले बुझायाे ज्ञापनपत्र 

Read Time : < 1 मिनेट
२०७९ जेठ १८ बुधबार १०:३५:००

नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले किसानका लागि मल माग गर्दै कृषि सामग्री कम्पनी लिमिटेडलाई ज्ञापनपत्र बुझाएको छ । काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित कृषि सामग्री केन्द्र लिमिटेडमार्फत कृषि सामग्री केन्द्र लिमिटेडले  केन्द्रीय कार्यालय र साल्ट ट्रेडिङ कम्पनी लिमिटेड केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएकाे हाे ।

मंगलबार धुलिखेलस्थित सामग्री कम्पनी लिमिटेडको कार्यालयमै पुगेर  महासंघले कम्पनीका वासु शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् । रासायनिक मलको चरम अभावले काभ्रेलगायत चार जिल्लाका किसान ठूलो मारमा परेको कारण ज्ञापनपत्र बुझाउनुपरेको महासंघका जिल्ला अध्यक्ष शिव ढकालले जानकारी दिए ।

‘संघीय राजधानी काठमाडौंको नजिक भएर पनि किसानले पाउनुपर्ने हरेक सुविधाबाट काभ्रेका किसान वञ्चित छन्,’ जिल्ला अध्यक्ष ढकालले भने, ‘मुलुकमा राजनीतिक परिवर्तन भएर पनि किसानको अवस्थामा कुनै परिवर्तन भएको छैन । त्यसमा पनि कृषि उत्पादनका आधारभूत आवश्यकता मल, बिउविजन, कीटनाशक औषधिको अभावले किसान मारमा परेका छन् ।’

समयमा रासायनिक मलको चरम अभावले काभ्रेका किसान ठूलो मारमा परेकाे उनले बताए । उनले भने, ‘काभ्रेमा तत्काल युरिया मल १० हजार मेट्रिक टन र डिएपी पाँच हजार मेट्रिक टन आवश्यक छ, सरकारले तुरुन्त उपलब्ध गराउनुपर्छ ।’ उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका केन्द्रीय सदस्य हरि तिमल्सिना, झलक लामिछाने र वासु धिताललगायतको उपस्थिति रहेको थियो।