मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १८ बुधबार ०७:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जिससमा तालमेलका लागि पोजिसन पत्ता लगाउने सत्तागठबन्धनको निर्णय

Read Time : < 1 मिनेट
२०७९ जेठ १८ बुधबार ०७:२८:००

पाँचदलीय सत्तारूढ गठबन्धनले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा तालमेलका लागि गठबन्धन दलको पोजिसनसम्बन्धी विवरण तयार गर्ने भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको मंगलबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षासहित यस्तो निर्णय गरेको हो । 

समितिका सदस्यसचिव अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले जिसस र पालिकाहरूका कार्यपालिका निर्वाचनमा तालमेलका लागि संख्या र पोजिसनको विवरण तयार गर्ने निर्णय गरेको हो । जोशीले अब जिल्लागत रूपमा गठबन्धनमा रहेका दलको एकल र गठबन्धन दलको समग्र अवस्थासम्बन्धी विवरण तयार गरिनेछ ।

‘मुख्य रूपमा जिसस र निर्वाचन हुन बाँकी पालिका कार्यपालिकाको निर्वाचनमा गठबन्धनलाई कसरी लैजाने भन्नेमा मंगलबारको छलफल केन्द्रित भयो,’ जोशीले नयाँ पत्रिकासँग भने, ‘स्थानीय तहको निर्वाचनको परिणाममा आधारित भएर गठबन्धनको संख्या र पोजिसनको विवरण संकलन गर्ने र आवश्यकताअनुसार अघि बढ्ने निर्णय भएको छ ।’

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि स्थानीय तह निर्वाचनको विषयमा समीक्षा भएको जानकारी दिइन् । बैठकमा एकीकृत समाजवादीले भने गठबन्धन गर्दा अपेक्षाअनुसार मत नपरेको गुनासो गरेको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार एकीकृत समाजवादीका नेता विजय पौडेलले गठबन्धन दलबाटै अपेक्षाकृत मत पाउन नसकेको गुनासो गरेका थिए । बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट विजय पौडेल, जसपाबाट रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट पौडेललगायत सहभागी थिए ।