१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचदलीय गठबन्धनको कार्यदलमा स्थानीय निर्वाचनको समीक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १७ मंगलबार १८:१५:००

पाँचदलीय सत्तारुढ गठबन्धनको कार्यदलमा स्थानीय तह निर्वाचनको समीक्षा भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको कार्यदलमा स्थानीय तह निर्वाचनको समीक्षा भएको हो । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार बैठकमा निर्वाचनको समीक्षा भइरहेको छ । जनमोर्चाबाट कार्यदल सदस्य हिमाल पुरी उपस्थित नभएपछि मंगलबारको बैठकमा पौडेल गएकी हुन् । 

स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने निर्णयअनुसार सत्तासाझेदार दलले समिति गठन गरेका थिए । 

पौडेल नेतृत्वको समितिमा पाँचै दलका प्रतिनिधि सदस्य छन् । समितिका सदस्यमा कांग्रेसबाट गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी छन् ।