१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार १५:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रूपमा स्वीकार गरेको छ : विनोद चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १७ मंगलबार १५:५९:००

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को बजेटलाई नयाँ दृष्टिकोण र दृढताको प्रस्थान बिन्दुको रूपमा चित्रण गरेका छन्।मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रूपमा प्रसटसँग स्विकारेको बताए।

मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई बजेटले अंगालेको भन्दै उनले यसलाई सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गरे। उनले बजेट प्रविधिकेन्द्रित भएकोसमेत बताए।

‘यसपटक अर्थमन्त्रीजीले खास गरीकन निजी क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रूपमा प्रस्टसँग स्वीकार गर्नु, मेक इन नेपालजस्ता दूरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु, मलाई लाग्छ यो सुधारतर्फको पहिलो महत्वपूर्ण चरण हो,’ उनले भने।

वैदेशिक लगानीमा १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था हुनु र स्वरोजगारमा प्रदेशलाई जिम्मेवार बनाइनु पनि राम्रो भएको उनको धारणा छ।