मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार ०५:५९:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कक्षा १२ को परीक्षा सुरु, चार लाखभन्दा बढी विद्यार्थी सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १७ मंगलबार ०५:५९:००

विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । देशभरका चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि देशभरका परीक्षा केन्द्रमा ‘हार्डकपी’ प्रश्नपत्र छपाइ नगरी इमेलमार्फत केन्द्रमा पठाएर कक्षा १२ को परीक्षा सञ्चालन गरेको हो ।

पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा भएको र देशभर मर्यादा पालना गरी परीक्षा सञ्चालन भएको खबर आएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । 

यस वर्ष बोर्डले देशभरका १२ सय ९२ केन्द्रमा परीक्षा सञ्चालन गरेको छ । कोभिडको समयमा होम सेन्टरमा परीक्षा सञ्चालन हुँदा ४४ सयभन्दा बढी केन्द्र कायम गरिएको थियो । यसपटक इमेल, इन्टरनेट, फ्क्याक्स सुविधा भएका विद्यालयमा मात्रै परीक्षा केन्द्र कायम गरिएको छ ।

७७ वटै जिल्लामा केन्द्र कायम भएका छन् । बोर्डको तथ्यांकअनुसार धेरै विद्यार्थीको रोजाइमा परेका विषयमा एकाउन्ट, इकोनोमिक्स छन् । त्यसैगरी, सबैभन्दा कम परीक्षार्थी बौद्ध दर्शनमा जम्मा सातजना छन् । दर्शनशास्त्र, मनोविज्ञानमा पनि विद्यार्थी संख्या कम छ ।