मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १६ सोमबार २०:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि मेयर साहको संयोजकत्वमा कार्यदल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १६ सोमबार २०:५८:००

काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न मेयर बालेन्द्र साहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । नवनिर्वाचित मेयर साहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले उपमेयरसहित पाँचजनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटेल, रेस्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरिएको छ । सहकार्य गरिने रेस्टुराँ र पेट्रोल पम्ममा कामपाले संकेत चिह्न राख्नेछ र ती स्थानका शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।  

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने भएको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्नका लागि कल सेन्टरको स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सक्नका लागि दुई भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । कार्यपालिका बैठक मंगलबार १० बजे पुनः बस्नेछ  । रासस