मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १६ सोमबार १७:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कतारी राजकुमारी आस्मा सगरमाथा चुचुरोमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १६ सोमबार १७:०१:००

कतारी राजकुमारी आस्मा विन्त थानी अल–थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छिन्। कतार ओलम्पिक कमिटीले आइतबार साँझ ट्विट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४९ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झन्डा फहरिएकोमा खुसी व्यक्त गरेको छ।
 
राजकुमारी आस्मा नै पहिलो अरबी महिला हुन् जसले नेपाल–भारतको सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कंचनजंघाको सफल आरोहण गरेकी थिइन्। राजकुमारी आस्माले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी छिन्। आरोहणपछि इन्स्टाग्राममा पोस्ट लेख्दै राजकुमारी आस्माले आफूले देखेको सपना पूरा भएको बताएकी छिन्। उनले ठूलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छिन्।

'जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइ नै छ,' उनले लेखेकी छिन्, 'मेरो सपनाले मलाई कुनै पनि समय पछ्याइरह्यो। निदाउनुअगाडि र उठेपछि त्यसकै पछि लाग्ने बनायो। यो सपना पूरा गर्न त्यति सजिलो थिएन तर पनि पूरा भएको छ।'

सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबी महिला राजकुमारी आस्माले विश्वका धेरैजसो अग्ला हिमालको सफल आरोहण गरिसकेकी छिन्।