१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १६ सोमबार १४:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एलएलबी इन्ट्रान्सविरुद्धको मुद्दाको सुनुवाइ सर्‍यो, २१ गतेको इन्ट्रान्सबारे २० गते टुंगो लाग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १६ सोमबार १४:१८:००

सर्वोच्च अदालतले एलएलबीको इन्ट्रान्स रोक्न अन्तरिम आदेश माग गरिएको मुद्दाको सुनुवाइ सारेको छ। आजका लागि पेसी तोकिएकोमा सर्वोच्चले २० गतेका लागि सुनुवाइ सारेको हो। एलएलबीको २१ जेठमा इन्ट्रान्स परीक्षाको मिति तोकिएको छ।

बिएएलएलबी अध्ययनरत ऋतिक यादव र रितेश पन्थीले दर्ता गराएको रिटमा सर्वोच्चले जेठ २० मा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे छलफलका लागि पेसी तोकेको छ।  सर्वोच्चले रिट मानवीय त्रुटि देखाएर २० गतेलाई सुनवाइ सारेको निवेदक पन्थीले जानकारी दिए। सर्वोच्चले यसअघि तीनवर्षे एलएलबी फेजआउट गर्न आदेश दिए पनि त्रिभुवन विश्वविद्यालयले सो  विषयमा विद्यार्थी भर्ना नरोकेको भन्दै यादव र पन्थीले सर्वोच्चमा रिट दर्ता गराएका थिए।

हाल कुनै पनि विषयमा स्नातक गरेका विद्यार्थीले तीनवर्षे एलएलबी गर्न सक्ने व्यवस्था छ भने प्लस टु गरेका विद्यार्थीले पाँचवर्षे बिएएलएलबी गर्ने गरी नेपालका विश्वविद्यालयहरूले शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन्। यसअघि सर्वोच्च अदालतले एलएलबीलाई फेजआउट गर्दै लानुपर्ने आदेश सुनाएको थियो। त्यसपछि पनि एलएलबीमा नयाँ भर्ना खुलाइएको भन्दै उक्त भर्ना प्रक्रिया रोक्न निवेदकले माग गरेका छन्।

‘रिटमा ०७८ चैत ३० को सूचनाबमोजिम ०७९ जेठ २१ गते शनिबारको दिन तय गरिएको प्रवेश परीक्षा गरेमा रिटको औचित्य नै समाप्त हुन सक्ने भएकाले अपूरणीय क्षति हुन नदिन अग्राधिकारसहित विपक्षीहरूको नाममा अन्तरिम आदेशसमेत जारी गरी पाऊँ,’ रिटमा माग गरिएको छ।

 

यो पनि पढ्नुहोस् : एलएलबी फेजआउट गर्न सर्वोच्चको फैसला