मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १६ सोमबार १४:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १६ सोमबार १४:०९:००

तारा एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव काठमाडौं ल्याउने तयारी गरिएको छ। दुर्घटनास्थलमा पुगेर नेपाली सेना र सशस्त्र प्रहरीले मृतकको शव निकालेको छ। जहाजमा रहेका चालक दलसहित २२ जनाकै मृत्यु भएको छ।

मृतक भएका सबैको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार शव जम्मा गरिसकिएको छ। मौसम सुधार भएपछि नेपाली सेनाले शव काठमाडौं ल्याउने बताइएको छ।