मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १६ सोमबार १२:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ कारागारका आठ कैदीको कैद मिनाहा

Read Time : < 1 मिनेट
२०७९ जेठ १६ सोमबार १२:२५:००

लमजुङ कारागारमा रहेका आठजना कैदीलाई कैद मिनाहा गरिएको छ ।  १५औँ गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार लमजुङमा कैद भुक्तान गरिरहेका आठजना कैदीको कैद मिनाहा गरिएको हो । 

कैद मिनाहा हुनेमा खड्काबहादुर कामी, पूर्णबहादुर गुरुङ, खड्काबहादुर तामाङ, प्रकाश बुढाथोकी, मानबहादुर परियार, सुब्बा परियार, विश्वमित्र घिमिरे र रेखबहादुर थापा रहेका छन् । उनीहरूले ४० र ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरिसकेको र आचरणमा सुधार आएका कैदीहरूको कैद मिनाहा गरिएको हो । लमजुङ कारागारले गरेको सिफारिसका आधारमा आठ कैदीको बाँकी कैद सजाय राष्ट्रपतिले मिनाहा गरेकी हुन् ।

कैद मिनाहा हुनेमा कर्तव्य ज्यान मुद्दाका चारजना, सवारी ज्यान मुद्दाका दुईजना, ज्यान मार्ने उद्योगका एकजना, बहुविवाह मुद्दाका एकजना कैदी रहेको लमजुङ कारागारका जेलर सुवास केसीले जानकारी दिए । 

३५ जनाको क्षमता रहेको लमजुङ कारागारमा हाल एक सयजना कैदीबन्दी रहेका छन् । जसमा सातजना महिला र ९३ जना पुरुष छन् ।