Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १६ सोमबार ११:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जहाज दुर्घटनामा ज्यान गुमाएका अधिकांशको शव संकलन, थप संकलन खराब मौसमका कारण प्रभावित

Read Time : > 1 मिनेट
२०७९ जेठ १६ सोमबार ११:५९:००

तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरू अधिकांशको शव संकलन भएको छ । अब केही शव संकलन गर्न बाँकी रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेतत्रप्रसाद शर्माले बताए । मौसम खराबीका कारण थप खोजीको काम प्रभावित भएको उनले नयाँ पत्रिकालाई जानकारी दिए । ‘संख्या यति नै भन्नुभन्दा पनि अधिकांश शव संकलन भएर हेली प्याडसम्म ल्याउने क्रम जारी छ । पैदल गएको टोली यसमा खटिएको छ । तर, निरन्तर खोजी र संकलनमा खराब मौसमले समस्या भएको छ । हाम्रो ध्यान सकेसम्म छिटाे संकलन गर्ने र एकीकृत गरेर पठाउने भन्नेमै छ,’ उनले भने । 

उनले शव राजधानी पठाउने वा पोखरा भन्ने कुराको निर्क्याेल सबै शव संकलन गरेर कोवाङ पुर्‍याएपछि मात्र हुने बताए । ‘पहिला संकलन गरेको शवहरू एकीकृत गर्ने र हेलिप्याडसम्म ल्याएर कोवाङमा पुर्‍याउने काम हुछ । त्यतिन्जेल माथिबाट जे निर्देशन हुन्छ, त्यही गर्ने हो अहिले नै काठमाडौ या पोखरा भन्नेमा केही निर्णय भएको छैन,’ उनले भने । 

हिजो बिहानदेखि सम्पर्कविहीन रहेको चालक दलका तीनसहित २२ जना सवार तारा एयरको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका– २ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । क्षतविक्षत अवस्थामा आज बिहान यार्सागुम्बा खोज्न गएको स्थानीयले देखेपछि जहाजको अवस्था पत्ता लागेको थियो । कोवाङबाट हेलिकाेप्टरमा गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको सिडिओे शर्माले जानकारी दिए । ‘पैदलमार्गबाट गएका करिब एक सयको संख्या रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थलनजिकै पुगेको छ,’ उनले भने, ‘पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।’

यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान संकलन र मुचुल्का तयार पारेपछि हेलिकाेप्टरबाट कोवाङ शव र सामग्री झारिने र त्यसपछि सबै कुराको यकिन हुने सिडिओ शर्माले जानकारी दिए ।