मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ जेठ १५ आइतबार १६:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२० प्रतिशत अपार्टमेन्ट विदेशीलाई बिक्री गर्न अनुमति 

Read Time : < 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ जेठ १५ आइतबार १६:५१:००

सरकारले कुनै पनि अपार्टमेन्टमा २० प्रतिशत युनिट विदेशी मुद्रामा विदेशी नागरिकलाई बिक्री गर्न अनुमति दिने भएको छ । यसो गर्दा २० प्रतिशत विदेशी मुद्रा भित्रिनुका साथै पर्यटन क्षेत्रमा पनि सहयोग पुग्ने सरकारको विश्वास रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए । 

सरकारलाई घरजग्गा व्यवसायीले पनि अपार्टमेन्ट विदेशीलाई बिक्री गर्न दिनुपर्ने सुझाव दिएका थिए । निजी क्षेत्रका अग्रणी संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि अपार्टमेन्ट विदेशीलाई बिक्री गर्न दिने नीति लिन सरकारलाई सुझाव दिएका थिए ।