१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ १५ आइतबार १३:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेपत्ता विमान अन्तिमपटक १०ः७ मा घोडेपानीबाट जोमसोम टावरको सम्पर्कमा  ः प्राधिकरण

Read Time : < 1 मिनेट
२०७९ जेठ १५ आइतबार १३:३९:००

नेपाल नागरिक उड्ययन प्राधिकरणले बेपत्ता तारा एयरको विमान अन्तिमपटक १० बजेर सात मिनेटमा घोडेपानीबाट जोमसोम टावरको सम्पर्कमा आएको जानकारी दिएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत १० बजेर सात मिनेटपछि विमान सम्पर्कविहीन बनेको जानकारी दिएको हो। 

‘बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको तारा एयर प्रालिको ट्विनअटर विमान अन्तिमपटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त विमान सम्पर्कविहीन भएको थियो,’ विज्ञप्तिमा भनिएको छ।