मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १५ आइतबार १३:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौसम सुधार भएसँगै सम्पर्कविहीन जहाज खोज्न पुनः हेलिकोप्टर परिचालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १५ आइतबार १३:१४:००

सम्पर्कविहीन तारा एयरको जहाज खोजीमा पुनः हेलिकोप्टर परिचालन गरिएको छ। यसअघि खराब मौसमका कारण हराएको जहाज खोजीमा प्रयोग भएको फिस्टेल एयरको हेलिकोप्टर पोखरा फर्किएको थियो । 

मौसम सुधार भएसँगै फिस्टेल एयरको हेलिकोप्टर पुनः परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। त्यस्तै, नेपाली सेनाको हेलिकोप्टर पनि परिचालन भइसकेको छ। हालसम्म जहाजको अवस्थाबारे कुनै जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख रामकुमार दामीले जानकारी दिए।