१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ १५ आइतबार ०९:१३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई

Read Time : < 1 मिनेट
२०७९ जेठ १५ आइतबार ०९:१३:००

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । उपाधिसँगै महेन्द्रनगरले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । लिटल फ्लावरले एक लाख रुपैयाँ पुरस्कारसहित उपविजेतामा चित्त बुझायो ।

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको मैदानमा शनिबार दिउँसो टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । एक सय ४१ रनको विजय लक्ष्य पछ्याएको लिटल फ्लावर १८.३ ओभरमा एक सय १८ रनमा समेटियो । लिटल फ्लावरका दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए । बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले चार विकेट लिए । हेमन्त धामी र विपिन धामीले दुई–दुई तथा राहुल भण्डारी र विकास आग्रीले एक–एक विकेट लिए । 

त्यसअघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए । त्यस्तै राहुल भण्डारी, हेमन्त धामी र विकास आग्रीले १३–१३ रनको योगदान दिए । बलिङतर्फ लिटल फ्लावरका कृष्ण कार्कीले तीन, दीपक बोहरा र कुशल रुपाखेतीले दुई–दुई तथा प्रकाश जैसी र सन्दीप खत्रीले एक–एक विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ दी म्याच सन्तोष भट्ट भए । प्रतियोगितताको सर्वोत्कृष्ट खेलाडीको उपाधि लिटल फ्लावरका दीपक बोहराले पाए । उनले नगद १५ हजार पुरस्कारसमेत प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल तथा उदीयमान खेलाडी धनगढी क्रिकेट एकेडेमीकै हिक्मत महरा भए । दुवैजनालाई नगद सात–सात हजार प्रदान गरियो । धनगढी स्पोर्टस् एन्ड इभेन्टस्को आयोजनामा ६ फागुनबाट सुरु भएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबको सहभागिता रहेको थियो ।