मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १५ आइतबार ०६:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः राणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १५ आइतबार ०६:३६:००

नेपाल–भारत उद्योग वाणिज्य संघ अध्यक्षमा पुनः सिर्जना राणा चयन भएकी छिन् । काठमाडौंमा सम्पन्न संघको २६औँ तथा २७औँ वार्षिक साधारणसभाले दुई वर्षको कार्यकालका लागि राणाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । संघका सदस्यहरूमा अच्युत खरेल, सुनील केसी, कुणाल केयाल, हरकिरत सिंह बेदी, सैबाल घोष, रमेश शर्मा, महेशबहादुर बस्नेत, अरुण केसी, हेमराज ढकाल रहेका छन् । 

साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष राणाले गएको दुई वर्षमा नेपाल र भारतको दुईपक्षीय सम्बन्धमा धेरै उल्लेखनीय कार्यहरू सम्पन्न भएको बताइन् । मन्तव्यमा अध्यक्ष राणाले द्विपक्षीय व्यापार, पारवहन तथा रेलसेवा, प्रत्यक्ष विदेशी लगानी, बौद्धिक सम्पत्ति अधिकारलगायतका क्षेत्रमा केही समस्याहरू अझै रहेको बताइन् । 

कार्यक्रमका विशेष अतिथि नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले जलविद्युत् नेपालका लागि वरदान रहेको बताउँदै यसको विकासले नेपालको व्यापार घाटा न्यून गर्दै लाने बताए । समयमै परियोजना सम्पन्न गर्न सक्ने वातावरण बनाउन सकिएमा नेपालले निकट भविष्यमा नै उत्पादित जलविद्युत् निर्यात गरी आर्थिक लाभ लिन सक्ने बताए ।

त्यस्तै, विशेष आमन्त्रित मुख्य वक्ता भारतीय सांसद तथा पूर्वउद्योग, वाणिज्य, रेल तथा ऊर्जामन्त्री सुरेश प्रभुले पनि नेपालमा जलविद्युत्को सम्भाव्यता, यसको विकास, लगानी र बजारका विषयमा ध्यान दिनुपर्ने बताए । श्रीलंकालगायत केही मुलुकहरूमा अहिले चरम आर्थिक संकट देखिएको तथा यस्ता आर्थिक संकटबाट जोगिन विप्रेषण तत्कालका लागि उपयोगी हुने बताउँदै उनले यसको वृद्धिमा ध्यान पुर्‍याउन सके आर्थिक संकटबाट जोगिन सकिने धारणा व्यक्त गरे । कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल र भारतबीचको सम्बन्ध पछिल्लो समयमा निकै उत्साहप्रद रूपमा सुधार हुँदै गरेको बताए ।