१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ १४ शनिबार १९:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनकोसी नदीमा पानीको बहाव बढेसँगै हट्यो बेलिब्रिज 

Read Time : < 1 मिनेट
२०७९ जेठ १४ शनिबार १९:२४:००

सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज झिकिएसँगै उदयपुरको गाईघाटदेखि खोटाङ दिक्तेलसम्मको सोझो यातयात बन्द भएको छ । सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने सुनकोसी नदीमा बनाइएको बेलिब्रिज झिकिएसँगै सोझो यातयात बन्द भएको हो ।

गत मंसिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज दुई दिनअघि मात्रै खोलिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयका प्रमुख गोपालप्रसाद खकुरेलले बताए । उनले भने, ‘सुनकोसी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज खोल्नुप–यो । अब गाईघाट दिक्तेलको सोझो यातयात बन्द भएको छ ।’

गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ स्थितलिच्की राम्चेबीचको सुनकोसी नदीमा बर्सेनि बेलिब्रिज जडान गरिँदै आइएको छ । कार्यलयकाअनुसार यसपटक छैटौँ बेलिब्रिज जडान गरिएको थियो । 

सोही स्थानमा रहेको पक्कीपुल निर्माण बर्सेनि वर्षायाम सकिएसँगै हिँउद लागेपछि बेलिब्रिज जडान गर्ने र हिउँद सकिएर वर्षायाम लागेपछि खोल्नुपर्ने बाध्यता रहेको छ । 

बेलिब्रिज हटाइएपछि खोटाङ पश्चिम तथा उत्तरी क्षेत्र नागरिकले भने सिद्धिचरण लोकमार्गअन्तर्गत दिक्तेल, घुर्मी कटारी हुँदै यात्रा गर्नुपर्नेछ । कार्यालय प्रमुख खकुरेलले भने, ‘आउने वर्ष पक्की पुल सम्पन्न भयो भने बेलिब्रिजलगाउनुपर्दैन कि ?’