मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १४ शनिबार ०७:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से झन्डै १६ अंकले घट्दा कारोबार रकम भने बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १४ शनिबार ०७:३६:००

शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर दुुई हजार दुुई सय २३ सय दशमलव ७८ बिन्दुमा आइपुुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स शूून्य दशमलव ७८ अंकले घटेर चार सय ३३ दशमलव शूून्य सात बिन्दुुमा आइपुुगेको छ ।

शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गर्ने चर्चा चलेको मौद्रिक नीतिमा सेयर धितो कर्जामा ४–१२ को नीति परिमार्जन हुने अपेक्षा गरेर लगानीकर्ताले केही लगानी बढाएका हुन् । तर, शुक्रबार मौद्रिक नीति सार्वजनिक भएन । बजेटमा केही सम्बोधन हुने अपेक्षाका साथ लगानीकर्ता ‘पर्ख र हेर’को नीतिमा रहेकाले बजारमा उत्साह देखिएको छैन । 

यस दिन कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये ‘अन्य’ समूह, जलविद्युत् समूूह र फाइनान्स समूूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ भने होटेल तथा पर्यटन समूहको सूचक सामान्यले बढेको छ । त्यसबाहेकका समूहको सूचक सामान्यले घटेको छ । यस दिन ३८ वटा कम्पनीको सेयर मूूल्य बढेको छ भने एक सय ४६ वटा कम्पनीको सेयर मूूल्य घटेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय २३ वटा कम्पनीको ४१ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । प्रभुु बैंक प्रमोटर सेयर, मेघा बैंक, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर कम्पनी र नबिल बैंकको तीन करोड रुपैयाँदेखि १७ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ । 

दिव्यश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, अपर तामाकोसी हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, युुनाडेट इनर्जी कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको ३ प्रतिशतदेखि तीन दशमलव ७५ प्रतिशतले घटेको छ ।

रुरु जलविद्युत् परियोजना, नारायणी डेभलपमेन्ट बैंक, उपकार लघुुवित्त वित्तीय संस्था र युुनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर कम्पनीको ४ प्रतिशतदेखि ६ दशमलव १३ प्रतिशतले बढेको छ ।