मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १३ शुक्रबार १९:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यासको पुनः मतगणना गर्न दिएको निवेदनमा उच्च अदालतले दियो कारण देखाऊ आदेश

Read Time : < 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार १९:३६:००

सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै दिएको निवेदनमा उच्च उदालत पोखराले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग दुई सय ५२ मत अन्तरले पराजित जोशीले बिहीबार उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै रिट निवेदन दिएका थिए । जोशीको निवेदनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, विजयी मेयर न्यौपानेसँगै पाँचजनालाई विपक्षी बनाइएको छ । मेयरमा विजयी न्यौपानेले आफ्नो पदभार ग्रहणसँगै कामसमेत सुरु गरिसकेका छन् । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए ।

जोशीको निवेदनमाथि शुक्रबार भएको सुनुवाइपछि अदालतले निवेदकको मागअनुसार आदेश किन जारी गर्न नपर्ने हो ? त्यसको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूको नाममा कारण देखाउ आदेश दिएको हो ।

न्यायधीश ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीको इजलासले निर्वाचन अधिकृतको कार्यालयसँगै अन्य विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो । जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर  षड्यन्त्रपूर्वक आफूलाई हराइएको दाबी गरेका छन् ।