१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १३ शुक्रबार १३:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन खैरहनीमा श्रीमानबाट श्रीमतीमाथि निर्घात कुटपिट

Read Time : < 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार १३:५९:००

रक्सीले मातेका एक श्रीमानले श्रीमतीलाई चरम यातना दिएका छन्। चितवनको खैरहनी नगरपालिका– १० काठार मुसहरबस्तीका रामचन्द्र माझीले बिहीबार साँझ श्रीमती गीता माझीमाथि निर्घात कुटपिट गरेका हुन्।

प्रहरीका अनुसार रामचन्द्रको कुटपिटबाट श्रीमतीको पाठेघर र मलद्वारमा गहिरो चोट लागेको छ। प्रहरीले रामचन्द्रलाई पक्राउ गरी अनुसन्धानअगाडि बढाएको छ। कुटपिटको घटना थाहा पाएपछि स्थानीयले घाइते गीतालाई उपचारका लागि अस्पताल पुर्‍याएका थिए। गीताको आकस्मिक कक्षमा उपचार भइरहेको छ।